प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत


२२ असार २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

पहिलो बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले ‘औषधि (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यस्तै बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

स्वास्थ्य मन्त्री खापुङले नै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

दुवै प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नको स्वास्थ्य मन्त्री खापुङले जवाफसमेत दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस