सुदूरपश्चिमका १८ मतदानस्थलका ३४ केन्द्रमा फेरि मतदान हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिमका १८ मतदानस्थलका ३४ केन्द्रमा फेरि मतदान हुने


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका १८ मतदानस्थलका ३४ केन्द्रमा फेरि मतदान हुने भएको छ ।

निर्वाचन पुनः हुनेमा बाजुराको बूढीगंगा नगरपालिकाका १० वटै वडाका २० केन्द्र छन् । सो पालिकामा वडा नम्बर–२, ३, ५ र ९ मा नेकपा (एमाले)ले र ४ र ७ मा नेपाली काँग्रेसले एकलौटी मतदान गरेको भन्दै विवाद भएको भएको थियो ।

तर, शान्तिपूर्ण रूपमा मतदान भएका वडा–१, ६, ७ र १० मा पनि पुनः निर्वाचन हुने भएपछि स्थानीयहरू रुष्ट छन् ।

बाजुराको बूढीनन्दा नगरपालिका‐८ को पालिका पिस क्रियटर एकेडेमी केन्द्रमा पनि फेरि निर्वाचन हुने भएको छ । सो केन्द्रमा केही मत खसेपछि विवादका कारण मतदान स्थगित भएको थियो । बाजुरामा मतदानको नयाँ मिति तोकिएको छैन ।

यस्तै बझाङको जयपृथ्वी नगरपालिकाको सुनिपिपल चौर माविका दुइटा केन्द्रमा आज मतदान हुँदैछ ।

यस्तै, बझाङकै सुर्मा गाउँपालिकाको कृष्ण प्राविको एउटा केन्द्र र आधावगर माविका दुई केन्द्रमा भोलि मतदान हुने भएको छ ।

बझाङकै केदारस्यूँ गाउँपालिकाको जगन्नाथ माविका दुई केन्द्रमा पनि भोलि मतदान हुने भएको निर्वाचन आयोगले जनाएको छ ।

यता कञ्चनपुरको पुनर्वास नगरपालिकाको विजय माविको एउटा केन्द्र, अछामको साँफेबगर नगरपालिकाको राष्ट्रिय माविका दुई र पञ्चदेवलविनायक नगरपालिकाको नवज्योति माविका दुई केन्द्रमा पनि पुनः मतदानको मिति तोकिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस