कपिलवस्तु नगरपालिकामा जसपाको अग्रता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कपिलवस्तु नगरपालिकामा जसपाको अग्रता


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । कपिलवस्तु नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले अग्रता लिएको छ।

२ हजार ११६ मत गणना हुँदा जसपाले अग्रता लिएको हो ।

प्रमुखमा जसपाका सुदिप पौडेलले १०५६ मत ल्याउँदा एमालेका राजेश गुप्ताले ५१४ मत ल्याएका छन् ।

नेपाली काँग्रेसका किरण सिंहले २५२ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा पनि जसपाकी सुनिता गुप्ता ७१८ मतका साथ अग्र स्थानमा छिन् ।

गुप्तालाई एमालेकी तुलसा पाण्डेले ५५४ मतका साथ पछ्याइरहेकी छन् । काँग्रेसकी नसरिन खातुनले ३७९ मत ल्याएकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस