फेरि बढ्यो सुनचाँदीको भाउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फेरि बढ्यो सुनचाँदीको भाउ


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ। अघिल्लो दिन तोलाको ९७ हजार रुपैयाँमा झरेको सुनको मूल्यमा फेरि वृद्धि भएको छ । बुधवारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाल सुनको मूल्य तोलाको ९७ हजार ८०० रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९७ हजार ३०० पुगेको छ ।

आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस