जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ, कुटपिटबाट एकको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ, कुटपिटबाट एकको मृत्यु


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ। इलाममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बा ५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका १३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त गाडीमा काठमाडौँबाट इलाम गएकी ती किशोरीलाई वैशाख २० गते राति इलाम नगरपालिका ७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरीले बुवालाई फोन गरी लिन बोलाएको अवस्थामा एक्लै पारी सहचालकले जबरजस्ती करणी उद्योग गरी फरार भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटनाको विषयलाई लिएर पीडित किशोरीको बुवाले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही गाडीका चालक नुवाकोट तारेकेश्वर गाउँपालिका २ बगुवा बस्ने ३४ वर्षीय दीपक ढुङ्गानाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शनिवार बिहान मृत्यु भएको छ ।

कुटपिट गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस