ओलीले कैलाली पुगेर गरे रेशम चौधरीको बचाउ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

ओलीले कैलाली पुगेर गरे रेशम चौधरीको बचाउ


२२ बैशाख २०७९, बिहिबार


धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीकापुर घटनामा रेशम चौधरीको संलग्नता नरहेको भन्दै बचाउ गरेका छन् ।

बिहीबार कैलालीको बौनियामा भएको सभामा ओलीले टीकापुर घटनाका बेला रेशम चौधरी टीकापुरमै नभएको बताए ।

उनले भने, ‘मलाई थाहा छ यहाँका थारु नेता जेलमै छन्, अनेकौँ हजार मान्छे मरे, जेलमा हुनु परेन । यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर, अर्को मान्छेलाई मुद्दा लगाएर, रेशम चौधरी त्यस बेला यहाँ थिएनन् । उनलाई मुद्दा लगाउनु पर्ने कुनै कारण थिएन ।’

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा ७ प्रहरी र एक बालकको हत्या भएको थियो । सो घटनामा संलग्नताको आरोपमा जिल्ला र उच्च अदालतले दोषी ठहर गरेपछि सांसद रेशम चौधरी हाल जेलमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस