सञ्चालकले नै राष्ट्र बैङ्कको गोप्य सूचना चुहाएको आरोप « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सञ्चालकले नै राष्ट्र बैङ्कको गोप्य सूचना चुहाएको आरोप


१४ बैशाख २०७९, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राष्ट्र बैङ्कबाट गोप्य सूचनाहरू चुहाएको आरोप लगाएका छन् ।

राष्ट्र बैङ्कको वार्षिकोत्सव समारोहमा बोल्दै उनले राष्ट्र बैङ्कबाट अति गोप्य सूचना पत्रकारलाई दिइएको भन्दै आक्रोश व्यक्त गरे ।

बन्द भएपछि राष्ट्र बैङ्क, बैङ्क र व्यापारिक घरानाको मिलेमतोमा एलसी खोलिएको विवरण सार्वजनिक भएका छन् । त्यसप्रति सङ्केत गर्दै उनले राष्ट्र बैङ्कका एक सञ्चालकले सूचनाहरू राष्ट्र बैङ्कबाट लगेर अर्थ मन्त्रालयबाट बाहिर चुहाएको बताए ।

उनले गभर्नर महाप्रसाद अधिकारीलाई कपोकल्पित आरोप लगाएर निलम्बन गरिएको समेत बताए । तर अदालतले न्याय दिएको उनको भनाइ छ ।

अर्थतन्त्रका समस्या केन्द्रीय बैङ्क र अर्थ मन्त्रालय मिलेर समाधान गर्नुपर्ने भए पनि अनावश्यक र अवैधानिक हस्तक्षेप गर्न खोजिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस