थप १० जनामा संक्रमण, २६१ जना सक्रिय संक्रमित « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

थप १० जनामा संक्रमण, २६१ जना सक्रिय संक्रमित


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दामा ८ जना र १ हजार १६२ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर २६१ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस