स्थानीय तह निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी दिन पाइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तह निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी दिन पाइने


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार र सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवार उपर आज (मंगलबार) दाबी विरोधको उजुरी दर्ता गर्न निर्वाचन आयोगले समय दिएको छ ।

उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ ।

आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन ।

तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो । आयोगले प्राप्त उजुरीमाथि जाँचबुझ भने वैशाख १४ र १५ गते गर्नेछ ।

जाँचबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ । वैशाख १६ गते भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।

वैशाख १७ गते उम्मेदवार बनेकाहरूले निर्वाचन चिन्ह प्राप्त गर्नेछन् । वैशाख ३० गते ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि निर्वाचन हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस