वडाध्यक्षसहित ५६ जनप्रतिनिधिले दिए राजीनामा, ५ वडा जनप्रतिनिधि विहीन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वडाध्यक्षसहित ५६ जनप्रतिनिधिले दिए राजीनामा, ५ वडा जनप्रतिनिधि विहीन


९ बैशाख २०७९, शुक्रबार


मोरङ । वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरूले राजीनामा दिएका छन् । उनीहरूको राजीनामासँगै महानगरको ५ वटा वडा जनप्रतिनिधिविहीन बनेको छ।

महानगरको १९ वटा वडामध्ये १३ जना वडाध्यक्ष र सदस्यहरूसहित ५६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । विराटनगरको ४, ५, १७, १८ र १९ नम्बर वडाका वडाध्यक्षसहित सबै सदस्यहरूले राजीनामा दिएसँगै वडा सचिवमार्फत कामकाज हुने भएको छ।

विराटनगर–४ का देवेन्द्र पोखरेल, ५ का मीनकुमार आचार्य, ७ का मधुबाबु तिवारी, ९ का विश्वनाथप्रसाद भगत, १० का माधवराज वाग्ले, ११ का तिर्थेन्द्र न्यौपाने, १२ का हिरालाल कामत, १३ का झरिलाल महतो, १४ का बलदेव यादव, १५ का अस्लम आलम, १७ का समीर कमर, १८ का(कार्यवाहक अध्यक्ष) राजदेव यादव र १९ का बद्रीनारायण सरदार गरी १३ जना वडाध्यक्षले राजीनामा दिएका छन् ।

निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनै पर्ने बाध्यकारी नियम लगाएसँगै जनप्रतिनिधिहरू धमाधम राजीनामा दिँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस