लेटाङ घटना : १६ जना बालकलाई अभिभावकको जिम्मा लगाउने आदेश « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

लेटाङ घटना : १६ जना बालकलाई अभिभावकको जिम्मा लगाउने आदेश


६ बैशाख २०७९, मंगलबार


विराटनगर । जिल्ला अदालत मोरङले लेटाङमा प्रहरीको हत्याको घटनामा संलग्नको आरोपमा पक्राउ परेका १६ जना नाबालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाइएका एकजना र अभद्र व्यवहारको मुद्दा चलाइएका १५ जना बालकलाई आफन्तको जिम्मा लगाउने आदेश दिएको हो ।

अदालतले बोलाएको वा खोजेका बेला उपस्थित गराउनुपर्ने गरी अदालतले १६ नाबालकलाई अभिभावकको जिम्मा लगाएको हो ।

न्यायाधीश ढकालकै इजलासले प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका १० जनालाई भने जनही ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

प्रहरी हत्याको मुद्दामा एक बालकसहित १६ जना प्रतिवादी बनाइएको थियो । जसमा पाँच जना फरार छन् । पक्राउ परेका १० जनासँग धरौटी माग गरिएको छ ।

बुढाथोकीका अनुसार विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक मनोज पौडेल पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस