अपांगता भएकालाई मतदानमा पहिलो प्राथमिकता दिइने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

अपांगता भएकालाई मतदानमा पहिलो प्राथमिकता दिइने


५ बैशाख २०७९, सोमबार


काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रमा प्रवेश गर्ने अशक्त र अपांगता भएकालाई पहिलो प्राथमिकता दिइने भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदान केन्द्रलाई बढी भन्दा बढी अपांगमैत्री बनाउने गरी व्यवस्थापन गर्नेमा सहयोग गर्न सबै स्थानीय तहलाई पत्राचार गरिएको छ ।

आयोगका अनुसार ३० वैशाखमा हुने स्थानीय तह चुनावमा देशभर २१ हजार ९५५ वटा मतदात केन्द्र तोकिएको छ । १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ वटा मतदात केन्द्र रहनेछ । एउटा मतदान स्थलमा एक भन्दा बढी केन्द्र पनि रहने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस