सबै दललाई निर्वाचनमा भाग लिन गृहमन्त्रीको आग्रह « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सबै दललाई निर्वाचनमा भाग लिन गृहमन्त्रीको आग्रह


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सबै दललाई निर्वाचनमा भाग लिन आग्रह गरेका छन् ।

आज (मंगलबार) काठमाडौँमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले निर्वाचन जनताको अधिकार र विकास निर्माणलाई अगाडि बढाउने एउटा पाटो भएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आग्रह गरेका हुन् ।

किनकि विकासका लागि नै शान्ति, मानव जीवनको सर्वोत्कृष्टका लागि पनि शान्ति । निर्वाचनमा भाग नलिनु भएका दलहरू पनि जनताको अधिकारलाई स्थापित गर्न पनि भाग लिनुहोस् भन्न चाहन्छु, उनले भने ।

त्यस्तै गृहमन्त्री खाँणले गठबन्धनको संस्कृतिलाई पनि निरन्तरता दिनुपर्ने बताए । शान्ति सम्झौताका केही काम अझै बाँकी रहेको उल्लेख गर्दै गठबन्धनलाई पनि निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस