अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको प्रधानमन्त्रीको स्पष्टीकरण « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको प्रधानमन्त्रीको स्पष्टीकरण


२८ चैत्र २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको स्पष्टीकरण लिएका छन् ।

सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो ।

त्यससँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् । गभर्नरमाथि थालिएको कारबाहीको चौतर्फी आलोचना भएको छ । सोमबार सत्तारुढ दलहरूको बैठकमा नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको सङ्कट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गरेका थिए ।

प्रधानमन्त्री देउवाले भने अर्थमन्त्रीलाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताएका छन् ।

उनका अनुसार आफूलाई काम गर्न नदिएको र आफूले गरेका सबै काममा असहयोग गरेको अर्थमन्त्रीको गुनासो थियो ।

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘अर्थमन्त्रीजीले मलाई गभर्नरले एकदम धेरै असहयोग गर्‍यो भन्नुभयो । यस्तो बेलामा गभर्नरले सहयोग त गर्नुपर्‍यो नि !’

Tags :
प्रतिक्रिया दिनुहोस