स्थानीय चुनावमा सूर्य चुनाव चिन्ह लिएर उठ्ने सम्भावना छ : कमल थापा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

स्थानीय चुनावमा सूर्य चुनाव चिन्ह लिएर उठ्ने सम्भावना छ : कमल थापा


२५ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेलको प्रयास भइरहेको बताएका छन् ।

एमालेसँग समझदारी भयो र कानुनी रूपमा मिल्यो भने राप्रपा नेपालका उम्मेदवारहरूले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने थापाले बताए ।

पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले भने, एमालेसँगको सहकार्यलाई उच्च प्राथमिकता दिने नीति लिएका छौँ । एमालेका केन्द्रीय तहका नेताहरूसँग छिट्टै दुई पक्षीय कुरा गरेर निष्कर्षमा पुर्‍याउने छौँ ।’

पार्टीको केन्द्रीय कार्यसमितिले साझा चुनाव चिन्हबारे निर्णय गर्ने अधिकार आफूसहितका पदाधिकारीलाई दिएको उनले बताए । उनले अघि भने, ‘राजनीतिक, कानुन र व्यवहारिक रूपमा सम्भव भयो र एमालेसँग साझेदारी कायम हुन सक्यो स्थानीय चुनावमा एमालेकै चुनाव चिन्ह सूर्य लिएर उठ्ने सम्भावना छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस