सुनको मूल्य रु ५०० ले बढ्यो « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य रु ५०० ले बढ्यो


२५ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९९ हजार ५०० तोकिएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार छ । यसको मूल्य बुधबार प्रतितोला रु ९८ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार ३५५ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२८ डलर आसपास कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस