हतियार बुझाउन जिल्ला प्रशासन बाँकेको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हतियार बुझाउन जिल्ला प्रशासन बाँकेको आग्रह


२४ चैत्र २०७८, बिहिबार


नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले इजाजत लिएका हतियार बुझाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ ।

स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गर्न भन्दै केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार हतियार चैत मसान्तभित्र बुझाउन सूचना जारी भएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा निर्धारित समयभित्र हतियार नबुझाए खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने उल्लेख छ ।

इजाजतप्राप्त हतियार जिल्ला प्रहरी कार्यालय तथा आ–आफ्नो नजिकको प्रहरी एकाइमा सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि फिर्ता दिइनेसमेत जनाइएको छ ।

सहायक प्रजिअ अधिकारीले बाँकेमा ५५५ जनाले इजाजतप्राप्त हतियार राख्ने अनुमति लिएको उल्लेख गरे । त्यसमा बारबोर, बाइसबोर, एकनाले, दुई नाले भरुवा बन्दुक र केही पेस्तोल रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस