पल शाहलाई थुनामा राख्न आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पल शाहलाई थुनामा राख्न आदेश


२३ चैत्र २०७८, बुधबार


काठमाडौँ । जिल्ला अदालतले किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधवार शाहलाई मुद्दाको किनारा लगाउने समयसम्म तनहुँमै थुनामा राख्न आदेश दिएको हो । तनहुँबाट आएको सुरक्षाकर्मीको टोलीले बुधवार राति ९ बजे शाहलाई तनहुँ लगेको छ ।

जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका अनुसार शाहलाई अदालतको आदेशअनुसार मुद्दा सुरुवात भएको तनहुँ प्रहरी हिरासतमा पठाइने जानकारी दिएका छन् ।

अभिनेता शाहले एक वर्षअघि गैँडाकोटमा सुटिङका क्रममा किशोरीलाई मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा किटानी जाहेरी परेको थियो । जाहेरीका आधारमा प्रहरीले शाहलाई चैत ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएर अनुसन्धान थालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस