१ लाख घुससहित मालपोतका सर्वेक्षक र अमिन पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१ लाख घुससहित मालपोतका सर्वेक्षक र अमिन पक्राउ


२२ चैत्र २०७८, मंगलबार


अख्तियार

काठमाडौँ । नापी कार्यालय चाबहिल अन्तर्गत बूढानीलण्ठमा कार्यरत दुई जना कर्मचारी १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जग्गाको हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले चाबहिलको १ नं. नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्वेक्षक विनोद के.सी. र अमिन प्रकाशराज भट्टलाई सेवाग्राहीबाट एक लाख घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरूलाई ललितपुर महानगरपालिका-५, लगनखेल, महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस