प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गृहमन्त्रीले सम्हाल्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गृहमन्त्रीले सम्हाल्ने


१८ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँ दिल्लीतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने गरी तोकेकी छन् ।

नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी मन्त्री खाँणलाई राष्ट्रपति भण्डारीले तोकेको राष्ट्रपति कार्यालयद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस