सार्वजनिक यातायातको भाडा बढ्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सार्वजनिक यातायातको भाडा बढ्ने


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । लामो दूरीको सवारी साधनको भाडा बढ्ने भएको छ। सरकारले भाडा बढाउन सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले आइतबार सूची निकाल्ने भएको छ।

मन्त्रीस्तरीय निर्णयले भाडा बढाउन सहमति दिएपछि लामो दूरीका सवारीसाधनको भूगोल हेरी १० देखि १४ प्रतिशतसम्म भाडा बढ्ने विभागले जनाएको छ ।

पेट्रोल बढेकाले मूल्य बढाउन सहमति दिइएको मन्त्रालयको भनाई छ ।

काठमाडौँ उपत्यकाभित्रको हकमा भने प्रदेश सरकारले निर्णय गनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस