राससका अध्यक्षलाई कामकाजमा रोक नलगाउन सर्वोच्चको आदेश « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

राससका अध्यक्षलाई कामकाजमा रोक नलगाउन सर्वोच्चको आदेश


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारीलाई कामकाजमा रोक नलगाउन आदेश दिएको छ ।

बुधबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले उनलाई बर्खास्त गर्ने ६ चैतको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको हो ।

सरकारले बर्खास्त गरेपछि अधिकारीले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश फुयाँलको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई २८ चैतमा छलफलमा बोलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस