प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते भारत भ्रमणमा जाने भएका छन् ।

नेपाल र भारतको परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी दिएको हो ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबिच चैत १९ गते भेटवार्ता हुने छ । भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिला मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् । भारतीय व्यवसायीहरूलाई पनि सम्बोधन गर्ने प्रधानमन्त्री देउवाले २० चैतमा नेपाल फर्किनुअघि वाराणासीको पनि भ्रमण गर्नेछन् ।

भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा। नारायण खड्का, अरू मन्त्री र सचिवहरू पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस