मेलम्चीसम्म पुग्ने दुई सडक निर्माणका लागि ६५ करोड बजेट सुनिश्चित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेलम्चीसम्म पुग्ने दुई सडक निर्माणका लागि ६५ करोड बजेट सुनिश्चित


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसम्म पुग्ने दुई वटा सडक निर्माण तथा स्तरोन्नति गर्न ६५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ ।

गत वर्षायाममा आएको बढीको कारण सडकमार्गहरु क्षतिग्रस्त भएपछि मेलम्चीको आयोजनास्थलसम्म पुग्ने सडक बनाउन अर्थ मन्त्रालयले २ वटा सडकको लागि स्रोत सुनिश्चित गरेको हो ।

सिन्धुपाल्चोकको मेलम्ची बजारदेखि मेलम्चीको हेडवर्क्ससम्म पुग्ने सडकका लागि २४ करोड ९९ लाख ९० हजार रुपैयाँ स्रोत सुनिश्चित भएको छ । यस वर्ष यो परियोजनाको लागि ५ करोड रुपैयाँ बजेट छुट्टाइएको छ ।

सुन्दरी जल–पाटीभञ्ज्याङ–कुटुम्साङ–अम्बाथान मेलम्ची हेडवर्क्ससम्मको सडकका लागि ४० करोडको स्रोत सुनिश्चित गरेको छ । यो सडक अब मेलम्ची जाने वैकल्पिक सडक हुनेछ ।

यी दुवै सडक अब सडक विभागमार्फत ठेक्का लागेर बन्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अर्थ मन्त्रालयले आयोजना कार्यान्वयन गर्न स्वीकृति दिएकाले अब खरिद प्रक्रिया अघि बढ्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस