राष्ट्रपतिद्वारा राजदूत डा. शर्मालाई शपथ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपतिद्वारा राजदूत डा. शर्मालाई शपथ


११ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा. शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा. शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्री डा. नारायण खड्का उपस्थित थियो ।

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा. शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस