वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारसहित ३११६ जनाको बढुवा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारसहित ३११६ जनाको बढुवा


११ चैत्र २०७८, शुक्रबार


नेपाल प्रहरी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दसौँ संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १९१ जनालाई वरिष्ठ नायब निरीक्षक, हवल्दार रहेका ११७३ जनालाई वरिष्ठ हवल्दार र प्रहरी जवान रहेका १७५२ जनालाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्नुपर्ने ११७१ मध्ये १९१ जनाको बढुवा सिफारिस भएको हो । यस्तै बढुवा हुने ३३८३ मध्ये हाल ११७३ वरिष्ठ हवल्दार र बढुवा हुने १४५६७ सिपाहीमध्ये १७५२ को बढुवा भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस