स्थानीय निर्वाचनमा मानव अधिकार उल्लङ्घनका दोषीलाई उम्मेदवार नबनाउन आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय निर्वाचनमा मानव अधिकार उल्लङ्घनका दोषीलाई उम्मेदवार नबनाउन आग्रह


१० चैत्र २०७८, बिहिबार


खोटाङ। राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनमा मानव अधिकार उल्लङ्घनका दोषीहरूलाई उम्मेदवार नबनाउन आग्रह गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग,प्रदेश–१ शाखा कार्यालय खोटाङले विज्ञप्ति जारी गर्दै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा सक्रिय प्रमुख दलहरूलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आगामी २०७९ साल वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा सक्रिय प्रमुख राजनीतिक दलहरूलाई पत्राचार गरी मानव अधिकार उल्लङ्घनमा दोषी किटान गरी नाम सार्वजनिक भएका व्यक्तिहरूलाई निर्वाचनमा उम्मेदवार नबनाउन आग्रह छ ।’

साथै निर्वाचनमा समानुपाती समावेशी सिद्धान्तको आधारमा उम्मेदवारी तय गर्न, निर्वाचन प्रचार–प्रसारको क्रममा आयोजना गरिने कार्यक्रमहरूमा बालबालिकाहरूको प्रयोग नगर्न आयोगले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस