उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना


५ चैत्र २०७८, शनिबार


काठमाडौँ । चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वे ली उद्धार केन्द्रले जनाएको छ।

नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्याङ्कन गरिरहेको छ, अमेरिकी मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई भनेका छन् । यसअघि नर्वे ली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो ।

अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ, प्रवक्ताले भने। अमेरिकी मरिन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस