एआईजी बढुवा सिफारिस समितिको बैठक सिंहदरबारमा जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एआईजी बढुवा सिफारिस समितिको बैठक सिंहदरबारमा जारी


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस समितिको बैठक बसिरहेको छ । गृह सचिव टेक नारायण पाण्डेको अध्यक्षतामा समितिको बैठक बसिरहेको समितिले आजै टुङ्गो लगाउने गृह स्रोतले प्रशासनलाई जानकारी दिए ।

फागुन ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा ३ अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य र आइजिपी सदस्य सचिव रहने समितिले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने प्रावधान रहेको छ ।

हाल प्रहरीमा ५ जना एआईजी रहेका छन् । ३ जनालाई बढुवा गरेसँगै एआईजीको सङ्ख्या ८ पुग्नेछ । बढुवा हुने एआईजीहरूलाई प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्युरोमा पदस्थापन गरिने छ ।

अहिले मानव स्रोत र प्रशासन रहेको विभागलाई छुट्याएर प्रशासनतर्फ एआईजी राख्ने निर्णय यसअघि नै मन्त्रिपरिषद्ले गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस