स्थानीय तहले गरेका केही नमुना कार्यहरू « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्थानीय तहले गरेका केही नमुना कार्यहरू


१९ माघ २०७८, बुधबार


सङ्घीय संरचना अन्तर्गत हाल तीन तहका सरकारहरू अस्तित्वमा छन् । तीन तह मध्ये सर्वसाधारणको जीवन र जीविकासँग सिधै सम्बन्धित तह हो स्थानीय तह । भनिन्छ कि स्थानीय तहहरू भनेका नेतृत्व निर्माणका अभ्यास स्थल, सेवा प्रवाह र विकास निर्माणका सही माध्यम हुन् ।

लोकतन्त्रलाई गहिरो बनाउने र सुशासनलाई अनुभूत गर्न सक्ने यदि कुनै शासकीय तह छ भने त्यो पनि स्थानीय तह नै हो । स्थानीय तहहरू क्रियाशील, सृजनशील र सफल हुँदा समग्र देशकै सरकार सफल तथा सङ्घीय शासन प्रणाली नै कामायाव हुने सम्भावनाका बिच निर्वाचित स्थानीय तहहरूले सम्पादन गरेका केही नमुना कामका सम्बन्धमा यो लेख केन्द्रित रहेको छ ।        

जानकारीमा आएका र आफूले प्राप्त गरेका सूचनाको आधारमा तयार पारिएको यो लेखको विवरण प्रतिनिधि विवरण हुन् । यो बाहेक कैंयौ नमुना कामहरू प्रारम्भ भएका हुन सक्छन् र कैंयौ सम्भावनाहरू सुषुप्त अवस्थामा रहेका पनि होलान् । थप अध्ययन सहित आगामी आलेखमा प्राप्त विवरण समेटिन सक्ने नै छ ।

कुनै पालिका समेट्दा वा नसमेट्दा कुनै पूर्वाग्रह लिइएको छैन । जो सुकै अद्येताहरुले आफ्नो जानकारीमा आएका स्थानीय तहका राम्रा कामहरू प्रकाशमा ल्याइदिनुभएमा जान्न, सुन्न र अपनाउन सकिने देखिन्छ । ३० वटा स्थानीय तहहरूले प्रारम्भ गरेका अन्य तहका लागि समेत उपयोगी हुन सक्ने वा अझ भनौँ आ-आफ्नो सन्दर्भमा अवलम्बन गर्न सक्ने कामहरू यहाँ दिइएको छ :

सि.नं.स्थानीय तहथालनी भएका सुशासन, सेवा प्रवाह र स्थानीय आर्थिक विकास सम्वन्धी कामहरु
तामाकोशी गाउँपालिका, दोलखा-समृद्धिको आधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारू सोँचका साथ कामहरु अगाडि वढाइएको
-उन्नत जातका बीऊ, हाते ट्रयाक्टर र वोयर जातिका बोका वितरण
-गाइभैंसी र बाख्रापालन गर्ने ६० भन्दा वढी समूहलाई सहकारीमार्फत सहुलियत ऋण तथा अनुदानको व्यवस्था
-५ वटा कृषि उपज र दुध संकलन केन्द्र स्थापना तथा हाट घर निर्माण
-आलु तथा अन्य तरकारीका लागि ४ वटा चिस्यान घर निर्माण
-दुध विक्री गरेको प्रमाणका आधारमा गाउँपालिकाले प्रतिलिटर रु १ थप गरेको
उमाकुण्ड गाउँपालिका, रामेछाप-गाउँपालिकाको समृद्धिको तीन आधारका रुपमा जल, जमीन र पर्यटनलाई लिइएको ।
-गाउँपालिकाको केन्द्रीय लक्ष्य भनेको स्थानीय बासिन्दालाई धनी बनाउने ।
-पहिलो तीन वर्ष सडक निर्माणलाई प्राथमिकता दिइएको । हाल पालिकाको सबै स्थानमा सडक पुगेको छ । ७ वटै वडा कार्यालय भवन निर्माण भएका । २०७८ माघभित्र सवै घरधुरीमा विजुली वत्ती र खानेपानी पुग्ने । चौथो वर्षदेखि कृषि र पशुपालनलाई मुख्य जोड दिइएको ।
टेम्केमैयुम गाउँपालिका, भोजपुर-अदुवा खेती, मौरीपालन तालिम
-सुन्तला, किवी, कागतीका वेर्ना वितरण
-समयमै मलको आपूर्ति व्यवस्था
-उज्यालो गाउँपालिका बनाउने घोषणासहित संघ, प्रदेश, गाउँपालिका तथा नेपाल विद्युत प्राधिकरणसमेतको स्रोतबाट विद्युतीकरण गरी २०७७ कार्तिक २४ गते सबै घरधुरीमा विजुली पुगेको घोषणा भएको ।
सूर्योदय नगरपालिका, इलाम-नगर कार्यपालिकाको कार्यालयमा इपेमेन्ट प्रणाली लागू भएको । कार्यालयका सवारी साधनहरुमा जिपिएस ट्रयाकिङ प्रणाली जडान गरिएको ।क्यु आर कोडसहितको सिफारिस प्रणाली परीक्षणको क्रममा रहेको ।
-सूर्योदय नगरपालिकाको समृद्धता स् प्राङ्गारिक कृषि, पर्या(पर्यटन र आर्थिक समानताू को नारासहित विकास निर्माणमा अग्रसर भएको ।
-१००० जति गाईमा उन्नत एवम् अधिकांश वाच्छी उत्पादन हुने सिमेन प्रयोगका लागि नगरपालिकाको अनुदानमा खरिद प्रक्रिया अघि बढेको ।
पाख्रिवास नगरपालिका, धनकुटारधनकुटा नगरपालिका, धनकुटा-कफि पकेटक्षेत्र घोषणा समेत गरी ५ लाख विरुवा उत्पादन गरिएको र ६० रोपनी जग्गामा नमूना कफि क्षेत्र स्थापना भएको ।
– कृषि पशुपालन कार्यमा घुम्ती कोष सञ्चालन गरिएको ।
– नवउद्यमीलाई कर्जा कार्यक्रम
– पर्यापर्यटन कार्यक्रम
उत्तरगया गाउँपालिका, रसुवा– आलुको व्यवसायिक उत्पादनको लागि पकेट क्षेत्र घोषणा गरी उत्पादन भैरहेको
– टिमुरको व्यवसायिक खेती गरिएको
गौरीगंगा नगरपालिका, कैलाली– समूह बनाई सीपमूलक तालिम माग गर्न आएमा सीपमूलक तालिम सञ्चालन गर्ने गरिएको
– सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा उपभोक्ताहरुले प्रयोग गर्ने सडक लगायतका पूर्वाधार निर्माण भएको
-जहाँ अभर, त्यहाँ नगरू को मान्यता बमोजिम असहायरविपदमा परेका नगरवासीलाई खाना र छानाको प्रवन्ध गरिएको
– पाँच दिने स्वास्थ्य महोत्सव सञ्चालन गरिएको जसमा योग शिविर, विशेषज्ञ सेवा सहितको प्रवन्ध गरिएको
खादवारी नगरपालिका, संखुवासभा– तरकारी, अन्नबाली, मसलाबाली, फलफूल र पशुपालन पकेट क्षेत्र निर्धारण र कृषि उपकरणमा अनुदानको व्यवस्था
– दुग्ध उत्पादक किसानहरुलाई प्रतिदिन १० लिटरभन्दा बढी उत्पादन गरेबापत प्रोत्साहन व्यवस्था
– पालिकामै माटो परीक्षण ल्याव स्थापना
– उद्यमी व्यवसायीहरुलाई व्याज अनुदान र विना धितो ऋणका लागि राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरी कार्यान्वयनमा आएको
– अल्लोमा आधारित उद्योग, दुनाटपरी उद्योग, रुद्राक्ष र च्याउ उत्पादन कार्यक्रम
अन्नपूर्ण गाउँपालिका, कास्की– शुरुकै गाउँसभाबाट पाँच लाखसम्मका आयोजना वडा कार्यालयबाटै कार्यान्वयन हुँदै आएको
– भूमि बैंकको अवधारणा अघि सारिएको
– कृषि यान्त्रिकीकरणमा ५० प्रतिशत लागत सहभागिता
– कृत्रिम गर्भाधानमा लगानी गर्नुको साथै पाडारपाडी हुर्काउनेलाई रु १०००० दिने नीति लिइएको
– बढी पानी पर्ने क्षेत्र भएको र स्थानीय रोजगारीलाई दृष्टिगत गरी पालिकाभित्रका सवै सडक ढलान गर्दै आइएको
१०धरान उपमहानगरपालिका, सुनसरी– धराने कालो बंगुरको मासु र तीन पाने रक्सीको ब्राण्डिङ
– निजी सार्वजनिक साझेदारी मोडलमा पार्कहरु सञ्चालन
११भिरकोट नगरपालिका, स्याङ्गजा– नदीजन्य पदार्थको उत्खनन आइइइ प्रतिवेदन अनुसार नगरपालिकाकै अगुवाईमा उत्खनन र गुणस्तरीय वालुवा, चिप्स र गिट्टी तयार गरी प्रयोगमा ल्याउँदा पूर्वाधारको गुणस्तर तथा आमदानीमा राम्रो सुधार भएको ।
१२कोशी गाउँपालिका, सुनसरी– कोशी वाढी प्रभावित वलौटे क्षेत्रमा कागती र वयँर खेती
– पशुपालनलाई प्रोत्साहन स्वरुप गाई भैंसी सुन्दरी प्रतियोगिता आयोजना
– पर्यटन प्रवर्द्धनका लागि कोशी महोत्सव आयोजना
१३थाक्रे गाउँपालिका, धादिङ– व्यवसायिक खेतीका लागि उत्पादनमा आधारित अनुदान
– मिनी लुम्वीनी, रानी झरना लगायतका प्रोडक्ट डेभलप गरी पर्यटन प्रवर्द्धन
१४भरतपुर महानगरपालिका, चितवन– सार्वजनिक निजी साझेदारी मोडलबाट व्यापारिक भवन निर्माण अगाडि वढेको
– सहकारी संस्थाले राखेको अभिलेखका आधारमा दुग्धउत्पादक किसानलाई अनुदान
– क्षमता विकास तथा पूर्वाधार विकासमा समेत स्थानीय संस्था, समूह तथा उपभोक्ताको लागत सहभागिता
– पर्यटकीय क्रियाकलापसँग आवद्ध गरी अम्व्रेला स्ट्रिट सञ्चालनमा ल्याइएको
– अटिज्म भएका विद्यार्थीहरुका लागि अलग्गै विद्यालय सञ्चालनमा ल्याइएको
– नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा उज्यालो भरतपुर कार्यक्रम प्रारम्भ
१५गजुरी गाउँपालिका, धादिङ्ग– पालिकाक्षेत्रमा घरठेगाना भै अन्यत्र कार्यरत रहेका र विभिन्न विषयमा विशेषज्ञता हाँसिल गरेका व्यक्तिहरुको समेत सहभागितामा गाउँपालिका प्रोफाइल तयार पारिएको
– खासगरी विपदको समयमा फुड बैंकको अवधारणा अघि सारिएको
– व्यवसायिक प्रयोजनका लागि बाणिज्य बैंकबाट ऋण लिनका लागि नगरपालिकाबाट व्यवसायिक योजना वनाउनमा सहजीकरण भएको
१६वालिङ्ग नगरपालिका, स्याङ्गजा– फोहोरलाई मोहर वनाउने अभियान अन्तर्गत नगरवासीकै सहभागितामा फोहोर व्यवस्थापनका अलावा फोहोर छुट्याउने तथा कम्पोष्ट मल तयार गर्ने प्रविधि जडान भै आमदानी भैरहेको
– माया, मेलमिलाप र ऊर्जाको प्रतिकका रुपमा पिंङ्क कलरलाई वालिङ्ग कलरको रुपमा अपनाउँदै नगरवासीलाई मूल्यमा छुटसहित प्राप्त गर्ने प्रवन्ध उत्पादक कम्पनीमार्फत नै मिलाइएको
– विदेशबाट फर्केका समेतका युवाहरुले पेश गरेको व्यवसायिक योजनाका आधारमा नगरपालिकाको लागत साझेदारीमा इन्कुवेसन सेन्टर सञ्चालन
– ८०० भन्दा बढी व्यवसायिक किसान तथा उद्यमीहरुलाई उनीहरुको आवश्यकता विश्लेषणका आधारमा सपोर्ट उपलव्ध गराइएको
१७कावासोती नगरपालिका, नवलपुर– लघु उद्यमका लागि विभिन्न व्यवसायिक तथा सीप विकास सम्बन्धी तालिम र प्राविधिक सहयोगको काम भैरहेको, कृषी सहकारीहरुमार्फत दुग्ध संकलन, मल वितरण, विउ संकलन तथा वितरण जस्ता कामहरु भएको ।
– महिला सहकारी संस्थाले नगरपालिकाको सहयोगमा स्यानेटरी प्याड उत्पादन मेशिन खरिद गरी उत्पादन प्रारम्भ गरेको ।
– सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, योजनाहरुको सार्वजनिक परीक्षणहरु नियमित रुपमा संचालन गरिएको । आर्थिक प्रशासन, राजस्व र जिन्सी व्यवस्थापनमा सफ्टवेयरको पुर्ण रुपमा प्रयोग गरिएको ।घर नक्सापास ईजाजतको काममा डिजिटल सिस्टम तथा कृषि उत्पादन नियन्त्रण प्रणाली शुरुवात गरिएको ।
१८नमोवुद्ध नगरपालिका, काभ्रे– ध्वनि सहितको नागरिक वडापत्र जसको तामाङ भाषामा पनि प्रसारण हुने व्यवस्था गरिएको, सेवाग्राहीलाई फ्रि वाईफाई, फ्रि सेनिटरि प्याड र फ्रि कालो चिया डिस्पेन्सर सुविधा, सवै भुक्तानी र राजस्व अनलाइन र इपेमेन्ट प्रणालीमा, पाँच पेजसम्मको कार्यालयसम्वद्ध डकुमेन्टको फोटोकपि निस्शुल्क
– वार्षिक कार्यक्रमहरुको समग्र सामाजिक परिक्षण, नियमित सार्वजनिक सुनुवाई, जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन
– दुध र मासुको पकेट क्षेत्र निर्धारण गरी १७० वटा पाडी र २०० वटा बाख्रा वितरण भएको, उत्पादनको कृषि उपजलाई सिन्धुका व्राण्डको लेभलिङ मार्फत विषादी र रसायनिक मल मुक्त कृषि सामाग्रिको प्रवर्धन र उक्त सामाग्रिको संकलन केन्द्रको निर्माण ३,कृषि एन्ड्रोईड एपको निर्माण मार्फत आधुनिक कृषिको थालनी, उत्कृष्ट कृषकलाई नगरपालिकावाट परिचयपत्र प्रदान गरिने
– वातावरण संरक्षणका लागि ईटा भट्टा विस्थापनको कार्यक्रम, एक वडा एक पोखरी, एक वडा एक चौतारीको कार्यक्रम कार्यान्वयनमा आएको
१९वीरेन्द्रनगर नगरपालिका, सुर्खेत– एकीकृत सफ्टवेयर प्रणालीको सुरुवात, अधिकांश कार्य अनलाईनबाट गर्न मिल्ने तथा खर्च ब्यवस्थापमा सूत्र प्रणालीको पूर्ण प्रयोग, भुक्तानी प्रणालीमा एकरुपता तथा वडा कार्यालयहरुमा एकीकृत भूक्तानी प्रणालीको सुरुवात ।
– महिला स्वरोजगार कार्यक्रम अन्तर्गत विभिन्न महिलाहरुलाई तालिम र सीप सिकाई रोजगारीको अवसर दिएको छ । जस्तैः अटो रिक्सा संचालन, ढाँका बुनाई आदि ।
२०फेदिखोला गाउँपालिका, स्याङ्गजा– युवा उद्यम कार्यक्रम अन्तर्गत ५ जनाको समूह झण्डै ३० वटा समुहलाई पाँच लाख विनाव्याजी ऋण प्रदान गरिएको ।
– अपाङ्गता भएका व्यक्तिहरु ९शिक्षकसमेत० लाई स्वास्थ्य विमा खर्च पुरै नगरपालिकाबाट व्यहोरेको ।
– ३०० भन्दा बढी श्रमिकहरुलाई मजदुर सञ्चित कोष स्थापना गरी सामाजिक सुरक्षाका स्किमहरुमा खर्च लेख्न प्रारम्भ गरिएको
– ६० वर्ष नाघेका वृद्धवृद्धालाई हरेक महिना स्वास्थ्य परीक्षण र उपचारको सेवा दिइएको
२१वाणगंगा नगरपालिका, कपिलवस्तु– कृषि तथा पशु समुह दर्ता लाई प्रोत्साहन गरी सामुहिक पशुपालन तथा कृषि लाई प्रबर्द्धन । एकीकृत घुम्ती शिबिर सम्पुर्ण सेवा सहित
– वाडबाट हुने सम्पुर्ण सेवा लाई अनलाइन तथा बिद्युतीय माध्यमबाट गरिएको
– नगरपालिकाको गतिविधि सम्वन्धमा नियमित रुपमा मासिक बुलेटिन प्रकाशन
२२गौशाला नगरपालिका, महोत्तरी– खेतवारीमा सिञ्चाइको लागि १०० भन्दा वढी वोरिङ जडान, कृषि सहकारीको माध्यमबाट मल वितरण, कृषि औजारमा अनुदान, कोल्ड स्टोरेज बनाउन प्रारम्भ
– पशुपालनलाई प्रोत्साहित गर्न खोर निर्माण सहित ४ वाख्रा र १ बोका उपलव्ध गराइएको
– भूमिहिन विपन्न परिवारलाई हिँउदे वगरखेतीमा आवद्ध गरिएको
– पोखरी संरक्षण गरी माछापालन समेत गर्न प्रारम्भ, जडिवुटी खेतिको पहल
– १२ विघा जग्गामा औद्योगिक ग्रामको भौतिक संरचना निर्माण प्रारम्भ
२३बेलका नगरपालिका, उदयपुर– सेवा प्राप्त गर्ने आउने नगरवासीलाई कृषि नर्सरी अवलोकन र विरुवा वितरण तथा उत्पादन भएको तरकारी र नगदेवालीलाई बजारीकरणको व्यवस्था
– कृषि उत्पादन, प्रशोधन सम्वन्धी आधुनिक औजारहरु नगरपालिकाबाटै सुलभ रुपमा भाडामा उपलव्ध हुने व्यवस्था
२४सुनापती गाउँपालिका, रामेछाप– १५ वर्ष अवधिको विकास योजना र कार्ययोजना तयार भएको
– हाते ट्रयाक्टर तथा कुटानीपिसानी मिल जडानमा ५० प्रतिशत अनुदान
– बीउविजन उत्पादन र भण्डारणको व्यवस्था
– प्राङ्गारिकरगँड्यौला मल प्रोत्साहन
२५ललितपुर महानगरपालिका, ललितपुर– सहरी शौन्दर्यका लागि पार्क निर्माण, साइकेल लेनको व्यवस्था, हरियाली प्रवर्द्धन अपाङ्गतामैत्री फुटपाथको व्यवस्था, प्रहरीसँगको सहकार्यमा सिसिटिभी जडानको शुरुवात
– ७० वर्ष नाघेका वृद्धवृद्धालाई निमोनियाविरुद्धको भ्याक्सिन लगाउने व्यवस्था
२६पनौति नगरपालिका, काभ्रे– पशुधनको सुरक्षाका लागि समुदायले पशु विमा कार्यक्रम सञ्चालन गरेको जसअन्तर्गत विमा कम्पनी तथा सहकारी मार्फत किसानका पशुचौपाया तथा कुखुराको विमा गरिएको । फलस्वरुप पशु मरेमा ९० प्रतिशत विमा रकम क्षतिपूर्तिस्वरुप पाउने ।
२७गल्याङ्ग नगरपालिका, स्याङ्गजा– सहकारी संस्थामार्फत व्यवसायिककरणमा वित्तीय सहजीकरण गरी कृषि तथा पशुपालनमा फड्को मार्दै ।
– दुग्ध उत्पादक किसानलाई प्रति लिटर रु १५ अनुदान उपलव्ध गराइएको ।
– भैंसीपालन, आलु खेती, अदुवाखेती, कागती र सुन्तलाको पकेटक्षेत्र निर्धारण गरी आवश्यक सुविधाहरु पुर्याइएको ।
२८बागलुङ्ग नगरपालिका, बागलुङ्ग– एक वडा एक उत्पादन अन्तर्गत पशुपालन, सुन्तला एवम् अमिलो जातको फलफुल, तरकारी खेती, होमस्टेसहितको पर्यटन प्रवर्द्धनलाई अगाडि वढाइएको
– नगरपालिकाबाट हुने सिफारिस गर्ने तथा राजस्व वुझ्ने र बुझाउने कामलाई अनलाइन प्रणालीमा आवद्ध गरिएको
– उद्योग वाणिज्य संघ, बैंकर्श एशोसियसनसमेतसँगको सहकार्यमा वजार क्षेत्रमा सिसिक्यामेरा जडान सम्वन्धी सम्झौता भै काम अगाडि बढेको
२९रेसुङ्गा नगरपालिका, गुल्मी– निर्वाचनपछिको पहिलो वर्षदेखि नै सवै वडाबाट हुने कार्यहरु अनलाइनमा आधारित रहँदै आएको
– ग्रामीण क्षेत्रमा खेती र पशुपालनका पकेट क्षेत्र निर्धारण गरी उत्पादनलाई प्रोत्साहित गरिएको । २ वटा शितभण्डार पनि निर्माण भै सञ्चालनमा रहेका तथा उत्पादनहरु खरिद गरी हाटवजारमा पुर्याउने काममा नगरपालिका संलग्न रहेको । वजारक्षेत्रमा कौशी खेतीलाई प्रवर्द्धन गरिएको
– लघु उद्यम कार्यक्रम मार्फत ५०० भन्दा वढी उद्यमीहरु क्रियाशील रहेको तथा उद्यम घर र पैँचो पसल पनि सञ्चालनमा रहेको
३०फलेवास नगरपालिका, पर्वत– ग्रीन फलेवास क्लिन फलेवासको नारासहित सरसफाइ, हरियाली, संस्कृति र सभ्यताको जगेर्ना तथा आनिबानी व्यहोरा परिवर्तनको अभियान चलाइएको, सवै वडामा अभियन्ताहरु सक्रिय रहेको
– ५० वर्षदेखि ७० वर्षभित्रका विदुर र विधवालाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था
– असंगठित क्षेत्रका मजदुरहरुको पारिश्रमिकमा शतप्रतिशत नगरपालिकाले थप गरी नागरिक लगानी कोषमार्फत पेन्सन योजना कार्यान्वयनमा ल्याइएको
– काँक्राको बीऊ निकासी भैरहेको र दैनिक २००० लिटर दुध पनि पोखरा बजारमा उपलव्ध गराइएको

माथि समावेश गरी उल्लेख भएबाहेक पनि तिलोत्तमा नगरपालिका, रुपन्देही, नेपालगन्ज उपमहानगरपालिका, बाँके, राजापुर नगरपालिका, बर्दिया, भीमदत्त नगरपालिका, कञ्चनपुर, लिसंखुपाखर गाउँपालिका, सिन्धुपाल्चोक, गुराँस गाउँपालिका, दैलेख, आरुघाट गाउँपालिका, गोरखा, सैनामैना नगरपालिका, रुपन्देही, चन्द्रागिरि नगरपालिका, काठमाण्डौले पनि अनुकरणीय कामहरू गरिरहेको मिडियामा आउने गर्दछ ।

कतिपय पालिकाहरूले गरेका कामहरू पनि वेबसाइट तथा प्रकाशनमार्फत सार्वजनिक गरेका र कतिपयले भएका कामहरूको समेत प्रचारप्रसारमा कमी भएको पनि पाइन्छ । स्थानीय तहहरूबिच समानान्तर सिकाइको संस्कृति विकसित गर्दै आपसी संवाद, अवलोकन भ्रमणलाई पनि बढाउनुपर्ने देखिन्छ । कतिपय पालिकाहरूले अन्तर्राष्ट्रिय सहरहरूसँग भगिनी सम्बन्ध समेत स्थापना गरेका छन् ।

पुनश्च: सबै स्थानीय तहहरू आ-आफ्नो भूराजनीतिक क्षेत्रमा नमुना काम गर्ने सम्भावना भएका र केही न केही राम्रा काम भइरहेका स्थानीय सरकार हुन् । आगामी दिनमा स्थानीय आर्थिक विकासका नवप्रवर्तनकारी गतिविधिहरू बढाउँदै लगी रोजगारी र आय वृद्धिमा केन्द्रित हुनुपर्ने देखिन्छ । तब मात्र सङ्घीय संरचना आन्तरिक स्रोतबाट धान्न सकिने हुनेछ दिगो हुनेछ अनि लोकप्रिय हुनेछ ।

(लेखक सुवेदी हाल राष्ट्रिय किताबखानाको महानिर्देशक छन् । हाल स्थानीय आर्थिक विकासलाई अध्ययन र शोधको विषय बनाएका सुवेदीका केही पुस्तक र थुप्रै खोजमूलक लेख प्रकाशित छन् ।)

प्रतिक्रिया दिनुहोस