हावाहुरीले तीन लाखको क्षति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हावाहुरीले तीन लाखको क्षति


२७ जेष्ठ २०७८, बिहिबार


डोटी । केआइसिंह गाउँपालिका–७ सलेनामा रहेको एक विद्यालय तथा एक शिशु स्याहार केन्द्रको भवनमा गए राति आएको वर्षात्सँगैको हावाहुरीले लाखौँको क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार हावाहुरीले उक्त वडामा रहेको कालारै आधारभूत विद्यालय तथा शिशु स्याहार केन्द्रको भवनमा क्षति पुर्याएको छ । उनका अनुसार हावाहुरीले विद्यालयको पर्खाल, छाना तथा ट्रष्ट उडाएको छ ।

हावाहुरीका कारण विद्यालय र शिशु स्याहार केन्द्रमा कम्तीमा पनि तीन लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

यसैगरी हावाहुरीसँगै आएको असिनापानीका कारण किसानले फलाएका साग, तरकारी तथा मकै बालीमा पनि क्षति भएको स्थानीयवासी रमेशबहादुर बलायरले जानकारी दिए । हावाहुरीले मकै बाली तथा तरकारीमा क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस