बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१४ बैशाख २०८१, शुक्रबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो (बिहीबार) छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा १४ सय रुपैयाँले नै बढेर १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तैगरी, आज चाँदीको मूल्य भने २० रुपैयाँले बढेर तोलामा १ हजार ६ सय ७५ रुपैयाँ पुगेको छ । 

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस