चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्धित « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्धित


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् ।

जेठको दोस्रो साताबाट छायाङ्कनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको बारेमा खुलाइएको छैन ।

सेभेन सिज सिनेमाजले निर्माण गर्ने फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन रहनेछ । निर्माण पक्षले यसअघि फिल्मको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । फिल्म २०८२ मा दर्शकमाझ आउनेछ ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद र रमेश चौलागाईं तथा हरि श्रेष्ठ कार्यकारी निर्माण रहनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस