एमाले संसदीय दलको प्रमुख सचेतकमा खड्का नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमाले संसदीय दलको प्रमुख सचेतकमा खड्का नियुक्त


१४ जेष्ठ २०७८, शुक्रबार


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतकमा लालबहादुर खड्कालाई नियुक्त गरेका छन् ।

पार्टीमा उत्पन्न आन्तरिक किचलोका बीच संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले संसदीय दलको विधान, २०७७ बमोजिम आज प्रमुख सचेतक र सचेतक नियुक्त गरेका हुन् । संसदीय दलको सचेतकमा दुर्गाकुमारी कामीलाई नियुक्त गरिएको छ ।

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा तारा लामा तामाङ थिए । साबिकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा उक्त दलको सचेतकमा तत्कालीन नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल थिए । प्रमुख सचेतकको जिम्मेवारीबाट बाहिरिएका तामाङ मन्त्री बन्न लागेका एमाले संसदीय दलको स्रोतले बताएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले आजभोलि नै मन्त्रिमण्डल पुनर्गठन गर्न लागकोके बताइएको छ ।

नेकपा एमालेको केही दिनअघि बसेको स्थायी समिति बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । स्थायी कमिटीको निर्देशन विपरीत सुदूरपश्चिम प्रदेश, एमाले संसदीय दलको बैठकले अहिले कोरोना महामारीको विषम परिस्थिति रहेको र छिट्टै बजेट नीति कार्यक्रम ल्याउनु पर्ने भएको अवस्थामा हाललाई गठबन्धनको सरकारलाईनै यथावत् राखेर समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । सो पार्टीको संसदीय दलमा नेता माधवकुमार नेपाल पक्षको बहुमत रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस