पचासी लाखमा वडा कार्यालय भवन निर्माण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पचासी लाखमा वडा कार्यालय भवन निर्माण


१५ बैशाख २०८१, शनिबार


म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा वडा कार्यालय भवन निर्माण भएको छ । नवनिर्मित चार कोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ । 

शुक्रबारदेखि कार्यभार भएको नयाँ भवनको उद्घाटन सोही दिन गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भवन उद्घाटन गरेका हुन् ।  

धौलागिरि गाउँपालिकाको वडा नम्बर २ र ७ को नयाँ भवन मात्र होइन वडा नम्बर ५ को भवन पनि बनिसकेको छ । घट्टखोलामा गाउँपालिकाको भवन निर्माणाधीन छ । यसैगरी वडा नम्बर १ गुर्जा र ३ मुनामा स्वास्थ्य चौकीको भवन निर्माण सकिएको, मुदीमा स्वास्थ्य चौकी र ताकममा पाँच शय्याको अस्पताल भवन निर्माण भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस