स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन


१४ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्लाअधिकारीलाई फोन गरी स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेहरुलाई हदैसम्म कारबाही गर्न निर्देशन दिएका छन् ।

कोरोना संक्रमितको मृत्यु भएको विषयलाई लिएर बिहीबार (हिजो) राति चिकित्सक र नर्समाथि आक्रमण भएको थियो ।

उक्त बिषयमा जानकारी लिन आज प्रजिअ शिवराम गेलाललाई टेलिफोन गरेका पोखरेलले यो घटना अमानवीय र गम्भीर अपराध भएको बताएका छन् । घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न पोखरेलले निर्देशनसमेत दिएका छन् ।

अहिले उक्त घटनाबारे छानविन भइरहेकाे छ भने, तीन जना पक्राउ परिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस