पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन « प्रशासन
prasaLogo
१३ जेष्ठ २०७८, बिहीबार

पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन


प्रकाशित मिति : 27 May, 2021 12:21 pm

जाजरकोट । सशस्त्र प्रहरी अस्पताल काठमाडौँमा उपचार गराइरहेका पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ ।

बुधवार राति उनको निधन भएको उनका छोरा मदनरत्न न्यौपानेले बताए । शुरुमा कोरोना सङ्क्रमणका कारण बिरामी भएका न्यौपाने पछि

फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी भएका थिए । वैशाख २३ गते वीरेन्द्र प्रहरी अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना भएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा राखिएको थियो ।

अवस्था झनै गम्भीर भएपछि न्यौपानेलाई १० दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको छोरा मदनले बताए । मदनका अनुसार न्यौपानेको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको थियो भने उनमा निमोनिया देखिएको थियो ।

छेडागाड नगरपालिका–६ सुवानाउलीका न्यौपाने विसं २०५६ को प्रतिनिधिसभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

अहिले एमालेको कर्णाली प्रदेश समिति सदस्य, एमाले निकट किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्जको भूमिकामा थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस