ओखलढुङ्गामा कोरोना सङ्क्रमणबाट पहिलोपटक मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओखलढुङ्गामा कोरोना सङ्क्रमणबाट पहिलोपटक मृत्यु


१० जेष्ठ २०७८, सोमबार


ओखलढुङ्गा । कोरोना सङ्क्रमणबाट यहाँ एक महिलाको मृत्यु भएको छ ।

सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया एक महिलाको मृत्यु भएको हो । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।

यही जेठ ७ गते कोरोना पुष्टि भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचाररत महिलाको आज निधन भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए ।

जिल्लाबाट बाहिर गएर बसेकाको यसअघि पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको भए पनि जिल्लामा रहेका सङ्क्रमितको यसअघि मृत्यु भएको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस