राष्ट्रपतिको अधिकारबारे कहीँ हेरफेर गर्न मिल्दैन: प्रधानमन्त्री ओली « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिको अधिकारबारे कहीँ हेरफेर गर्न मिल्दैन: प्रधानमन्त्री ओली


९ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने जिकिर गरेका छन् ।

आज बालुवाटारमा आयोजित कार्यक्रममा उनले धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार हो भन्दै त्यसविरुद्ध प्रश्‍न गर्न नपाइने बताएका हुन् ।

ओलीले भने, ‘संविधानमा राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै ठाउँ हो । यसविरुद्ध कहीँ उजुरी लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन । ’

Tags :
प्रतिक्रिया दिनुहोस