यो मध्यावधि चुनाव होइन, सं‌विधान खारेज गर्ने प्रपञ्च हो : बाबुराम भट्टराई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यो मध्यावधि चुनाव होइन, सं‌विधान खारेज गर्ने प्रपञ्च हो : बाबुराम भट्टराई


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटन गरी नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च भएको बताएका छन् । नेता भट्टराईले शनिवार ट्विटरमार्फत संसद विघटनको विषयमाथि टप्पणी गर्दै यस्तो बताएका हुन् ।

शुक्रबार सरकारको सिफारिसमा संसद् भंग गरेर राष्ट्रपति विद्या देवी भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि चुनावको मिति तोकेकी छन् । नेता भट्टराईले यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको बताए ।

उनले ट्वीटरमा लेखेका छन्‘, ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म ! यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऔँ, प्रतिवाद गरौँ !’

Tags :
प्रतिक्रिया दिनुहोस