कोरोना सङ्क्रमणबाट भक्तपुरमा १० र दाङमा ९ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना सङ्क्रमणबाट भक्तपुरमा १० र दाङमा ९ जनाको मृत्यु


३ जेष्ठ २०७८, सोमबार


भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण भक्तपुरमा आज एकैदिन १० कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले आज तिनको मृत्यु भएको जानकारी दिए । मृतकको सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ ।

दाङमा भने कोरोनाबाट आज ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही र तुलसीपुरका तीनतीन तथा दंगीशरण, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एकएक जनाको मृत्यु भएको कोारोना स्रोत व्यत्ति कमल चन्दले बताए ।

वडा सदस्यको निधन
तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ । उनको आइतबार राति १२ बजे निधन भएको हो । उनी कमलपित्तबाट ग्रसित थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस