धनुषामा थप १० दिन निषेधाज्ञा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनुषामा थप १० दिन निषेधाज्ञा


३० बैशाख २०७८, बिहिबार


धनुषा । धनुषामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए । कोरोनाको दोश्रो लहरमा गएको वैशाख २१ गतेदेखि भोलिसम्मका लागि निषेधाज्ञा तोकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस