देउवा निवास पुगेका महन्थ र महतोको भेटवार्ता जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देउवा निवास पुगेका महन्थ र महतोको भेटवार्ता जारी


३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका छन्।

बिहीबार बिहान साढे ११ बजेदेखि सभापति देउवासँग अध्यक्ष ठाकुर र नेता महतोको भेटवार्ता भइरहेको छ।

देउवालाई भेट्न पुगेका महतोपछि केही बेरमा अध्यक्ष ठाकुर पुगेका थिए ।

उनीहरूबिच समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफल भइरहेको छ। आजै नेकपा एमालेले माधव नेपालसहित चार नेतालाई गरेको कारबाही फुकुवा गरेको छ।

संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय आज बेलुकी ९ बजे सकिँदै छ

Tags :
प्रतिक्रिया दिनुहोस