मदनकृष्णसँग बियोन्सले युगल गीत गाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मदनकृष्णसँग बियोन्सले युगल गीत गाउने


प्रशासन संवाददाता

२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ । बहु चर्चित गीत ‘फुलबुट्टे सारी’ को कभर गीत गाएर चर्चामा आएकी युगाण्डाकी गायिका बियोन्स फर्मासीले कलाकार मदनकृष्ण श्रेष्ठसँग युगल गीत गाउने भएकी छिन् ।

गायनमासमेत पोख्त कलाकार श्रेष्ठले ‘फुलबुट्टे सारी’ को लिजेन्ड भर्सन गाएका थिए, जसले यूट्युवमा ५० लाख भ्यूज पाइसकेको छ ।

कलाकार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरुले युगल गीत रेकर्ड गराउने तयारी गरेको जानकारी गराएका छन् । बियोन्सले ‘फुलबुट्टे सारी’ को कभर गाएपछि यो गीतले अन्तर्राष्ट्रियकरणको रुप लिएको महसुस भएको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘बियोन्सका तरुनी स्वरसँग मेरो बुढो स्वर मेल खाला कि नखाला खै ।’ यो गीत पहिलो गायिका मेलिना नेवारको स्वरमा आएको थियो । जसमा शब्द तथा संगीत राजनराज शिवाकोटीको रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस