४ लाख घुस लिएको अभियोगमा पक्राउ परेका वडा सचिवविरूद्ध भ्रष्टाचारको मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

४ लाख घुस लिएको अभियोगमा पक्राउ परेका वडा सचिवविरूद्ध भ्रष्टाचारको मुद्दा


२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका-३० का वडा सचिव भरतकुमार पोखरेलविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरेलविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले निर्माण कार्य सम्पन्न गरेपछि बिल भुक्तानी दिएबापत घुस माग गरेको भन्ने सूचना पाएको आधारमा अख्तियार टंगालको टोलीले पोखरेललाई सेवाग्राहीबाट ४ लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको लिएको थियो ।

सम्बन्धित समाचार : काठमाडौँ वडा नम्बर ३० का सचिव चार लाख घूससहित पक्राउ

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले दिएको जानकारी अनुसार अनुसन्धानको क्रममा वडा सचिव भरतकुमार पोखरेलले सेवाग्राहीलाई नियमानुसार पाउने रकमको भुक्तानी नगरी ४ लाख लिएको पुष्टि भएको छ ।

त्यसअनुसार बिगो चार लाख कायम गरी कैद सजायको मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस