काठमाडौँ वडा नम्बर ३० का सचिव चार लाख घूससहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ वडा नम्बर ३० का सचिव चार लाख घूससहित पक्राउ


५ चैत्र २०७७, बिहिबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका वडा नम्बर ३० को कार्यालय ज्ञानेश्वरका वडा सचिव भरतकुमार पोखरेलाई चार लाख रुपैयाँ घूस रकम सहित पक्राउ गरेको छ ।

निर्माण कार्य सम्पन्न पश्चात् बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घूस रकम माग गरेको उजुरीपछि आयोगको कार्यालय टंगालबाट खटिएको आयोगको टोलीले अधिकृत छैटौँ तहका पोखरेललाई बिहीबार रंगेहात पक्राउ गरेको हो।

पोखरेललाई रकम सहित उनकै कार्यकक्षबाट आयोगले नियन्त्रणमा लिएको हो ।

आयोगले उनलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस