उच्च र जिल्ला अदालतका २१ न्यायाधीशको काज सरुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उच्च र जिल्ला अदालतका २१ न्यायाधीशको काज सरुवा


प्रशासन संवाददाता

२३ चैत्र २०७७, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उच्च अदालतका ६ र जिल्लाका १५ न्यायाधीशहरूको काज सरुवा सदर गरेका छन् ।

उच्च अदालतका छ जना र जिल्लाका १५ जना न्यायाधीशको काज सरुवा भएको हो । काज सरुवाका लागि न्यायपरिषद्को निर्णय आवश्यक नपर्ने भएकाले प्रधानन्यायाधीश राणाले निर्णय सदर गरेका हुन् ।

उच्च अदालतका न्यायाधीशहरू बालकृष्ण उप्रेतीको जनकपुरबाट पोखरा र रेणुका साहको विराटनगरबाट बुटवल काज सरुवा भएको छ ।

त्यसै गरी न्यायाधीश डालकुमार खड्कालाई उच्च अदालत पोखराबाट जनकपुर,उज्ज्वल शुक्ललाई जनकपुरबाट पोखरा, नवराज थपलियालाई बुटवलबाट पाटन तथा किरणकुमारी गुप्तालाई जनकपुरबाट विराटनगर लगिएको छ ।

जिल्ला न्यायाधीशहरूमा महेन्द्रबहादुर कार्की सिन्धुपाल्चोकबाट सिन्धुली, हरिश्चन्द्र ढुङ्गाना लमजुङबाट तनहुँ,गिरीराज गौतम सिराहाबाट झापा र तेजप्रसाद पौडेलको धनुषाबाट म्याग्दी सरुवा भएको छ ।

भरत लम्साललाई कञ्चनपुरबाट मोरङ,कमलप्रसाद पोखरेललाई सुनसरीबाट रुपन्देही, तेजेन्द्र सापकोटालाई कास्कीबाट कपिलवस्तु,परशुराम भट्टराईलाई काठमाडौँबाट धनुषा सरुवा गरिएको छ ।

यस्तै पुनाराम खनालको दाङबाट मनाङ , रमेशकान्त अधिकारी गोरखाबाट सर्लाही, बाबुराम सुवेदी रौतहटबाट कास्की, सन्तोष पराजुली सिन्धुलीबाट सोलुखुम्बु,दिनबन्धु बराल नवलपरासीबाट गोरखा,महेन्द्र काफ्ले सोलुखुम्बुबाट काभ्रे र चन्द्रप्रकाश तिवारी मनाङबाट सिन्धुपाल्चोक पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस