बाघको छालासहित एक जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाघको छालासहित एक जना पक्राउ


प्रशासन संवाददाता

१५ चैत्र २०७७, आइतबार


कैलाली । मोहन्याल गाउँपालिका–७ स्थित पितमारी बजारबाट बाघको छाला १ थान, खप्पर १ थान, बंगरा १ थान र जुंगासहित दैलेख आठबिस नगरपालिका–३ बस्ने ४९ वर्षीय बिनी प्रसाद जैशीलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी उनको झोला जाँच गर्दा उक्त छाला लगायतका वस्तु फेला पारी नियन्त्रणमा लिएको हो ।

बरामद सामान सहित उनलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय चिसापानी बुझाइएको संघीय प्रहरी इकाई कार्यालय धनगढीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस