उच्च अदालत सुर्खेतका ११ कर्मचारी नासुमा बढुवा सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उच्च अदालत सुर्खेतका ११ कर्मचारी नासुमा बढुवा सिफारिस


९ चैत्र २०७७, सोमबार


काठमाडौँ । उच्च अदालत सुर्खेतले ११ कर्मचारी बढुवाका लागि सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको बैठकले नेपाल न्याय सेवा न्याय समूह राजपत्र अनङ्कित प्रथम श्रेणी(अप्राविधिक) नायब सुब्बाको रिक्त पदहरूमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि र कार्य क्षमताको आधारमा हुने बढुवाको लागि ११ जनको नाम सिफारिस गरेको छ ।

ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि ७ जना र कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवाका लागि ४ जनाको नाम सिफारिस गरिएको हो ।

बढुवा सिफारिस हुनेमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्ल्याङ्कनतर्फ ईशा सर्मा, जयलाल बुढा, पिताम्बर अधिकारी, खगेनद्रप्रसाद पराजुली, डिलबहादुर बौडेल, हेमन्त भट्टराई र दिपक सिंजाली छन् ।

यसैगरी कार्यक्षमता तथा मूल्याङ्कनद्वारा हुने बढुवाका लागि खगेन्द्रप्रसाद ढकाल, विष्णुराज शर्मा, गिताकुमारी थापा र केशव उपाध्यायलाई सिफारिस गर्ने निर्णय गरिएको हो ।

बढुवाका लागि १८ जनाको आवेदन परेको थियो । निजामती सेवा ऐन २०४९ तथा नियमावली २०५० मा भएको मापदण्डका आधारमा ११ जनालाई बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।

उक्त निर्णयउपर चित्त नबुझेका कर्मचारीले ३५ दिनभित्र लोक सेवा आयोगको कार्यालय अनामनगर काठमाडौँमा उजुरी गर्न  सूचनामा भनिएको छ ।

यस्तो छ बढुवा नामावली :

Tags :
प्रतिक्रिया दिनुहोस