महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त


प्रशासन संवाददाता

६ चैत्र २०७७, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको उच्च स्रोतले बताएको छ । बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनमासमेत लडेका थिए ।

पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरेजसो प्रचण्ड माधव पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिएका थिए । उनी निर्वाचन आयोगमा केपी ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए ।

अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस